रवि लामिछानेले बढाए अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ १६:२९ | Tuesday, November 22, 2022
रवि लामिछानेले बढाए अग्रता

काठमाडौँ- चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता बढाएका छन्। इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन्।

अध्यक्ष लामिछानेले पाँच हजार एकसय २८ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले चार हजार एकसय ६६ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठले तीन हजार सातसय ६ मत मात्रै ल्याएका छन्।

यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ। तीन क्षेत्र रहेको चीनमा स्वतन्त्र पार्टीले ठूला भनिएका दलका उम्मेदवारलाई टक्कर दिइरहेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १६:२९ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast