मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

हिमाल प्रेस १८ वैशाख २०८३ ६:०० | Friday, May 1, 2026
8
SHARES
मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई बिहीबार कारबाही गरेको छ।

काठमाडौँको कलंकी मन्दिरस्थित सडकखण्डमा बिहीबार गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले ४८ वटा सवारीसाधनलाई जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका हुन्।’

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीमात्र चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण चालकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: १८ वैशाख २०८३ ६:०० | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast