राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच सम्झौता

हिमाल प्रेस १७ वैशाख २०८३ २१:०८ | Thursday, April 30, 2026
2
SHARE
राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल) बीच नेशनल पेमेन्ट स्विच तथा ‘नेपालपे’ कार्ड योजनामा आवद्ध हुने सम्झौता भएको छ।

बैंकलाई यस योजनाको ‘प्रिन्सिपल मेम्बर’ का रुपमा सहभागी गराउन दुई संस्थाबीच औपचारिक सहमति भएको हो।

एक विशेष कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे।

यो सम्झौतासँगै बैंकको स्वीच इन्टिग्रेसनको काम सकिएपछि राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरुका लागि आफ्नै ‘नेपालपे’ कार्ड जारी गर्नेछ। साथै बैंकको नेटवर्कमा कार्डमार्फत हुने कारोबारहरु पनि स्वीकार गरिनेछ।

हालसम्म ३४ वटा बैंक तथा वित्तीय संस्थाहरू यस प्रणालीमा प्रिन्सिपल मेम्बरका रुपमा जोडिसकिएका छन् जसमध्ये ५ वटाले व्यावसायिक सञ्चालनसमेत सुरू गरिसकेका छन्।

एनसीएचएलले अन्तर्राष्ट्रिय नेटवर्क ‘डिस्कभर’ सँग सहकार्य गरेको हुनाले नेपालपे कार्ड अब नेपालमा मात्र नई विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ। नेशनल पेमेन्ट स्विच अन्तर्गत जारी हुने यी कार्डहरू नेपाल र विदेशमा रहेका एटीएम र पीओएस टर्मिनहरूमा सहजै चल्नेछन्।

यसका साथै भारतको ‘रुपे’ र अन्य अन्तर्राष्ट्रिय डिस्कटर कार्डहरू पनि अब नेपाल बैंकका टर्मिनलहरू प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

नेपालभित्रै ‘सेन्ट्रल कार्ड स्विच’ स्थापना हुँदा कार्डबाट हुने कारोबारको लागत घट्ने र डाटा लोकलाइजेशन (नेपालकै डाटा नेपालमै रहने) सुनिश्चित हुनेछ। यसले नेपालको डिजिटल इकोसिस्टममा नयाँ उपकरणहरूको विकास र प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल राष्ट्रिय वाणिज्य बैंकले देशका ७७ वटै जिल्लामा ३१४ शाखा, ७१ विस्तारित काउन्टर, ३३२ एटीएम र दुई हजारभन्दा बढी पीओएस मेसिनमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

यस नयाँ कदमले बैंकका लाखौँ ग्राहकलाई आधुनिक र सस्तो डिजिटल भुक्तानी सेवा पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: १७ वैशाख २०८३ २१:०८ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast