फाइल तस्बिर।
झापा- मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका छन्। दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ।
प्रकाशित: १७ वैशाख २०८३ ९:४९ | Thursday, April 30, 2026
प्रतिक्रिया




