कान्तिपुर थ्रिएटरमा ‘सेतो धरती’ अब २ दिन मन्चन हुने

हिमाल प्रेस १७ वैशाख २०८३ ९:१४ | Thursday, April 30, 2026
14
SHARES
कान्तिपुर थ्रिएटरमा ‘सेतो धरती’ अब २ दिन मन्चन हुने

काठमाडौँ– काठमाडौँको गैरीधारास्थित कान्तिपुर थ्रिएटरमा मन्चन भइरहेको ‘सेतो धरती’ नाटकको शनिबार (वैशाख १७) सम्म मात्र चल्ने भएको छ। थ्रिएटरले आज, भोलि र पर्सिका टिकट लिएर नाटक हेर्न आउन अनुरोध गरेको छ।

‘सेतो धरती’ गत चैत २७ देखि प्रदर्शन भइरहेको छ। अमर न्यौपानेबाट लिखित पुस्तक सेतो धर्तीलाई पहिलो पटक नाटकमा प्रदर्शन गरिएको हो। रेखा थापा निर्माता र सुन्दर धिताल निर्देशक रहेको नाटकको टिकट ३०० (विद्यार्थी) , ५०० (सामान्य) , १००० (विशेष) तोकिएको छ।

नाटकमा कलाकारहरु बेनिशा हमाल, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरन दाहानी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रबीन पुन मगर, बर्षा भण्डारा छन्।

प्रकाशित: १७ वैशाख २०८३ ९:१४ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast