काठमाडौँ- बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाकाअनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो। जिल्लाका अग्रणी किसान रहेका रोकायाको बुधबार सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।
प्रकाशित: १७ वैशाख २०८३ ८:४१ | Thursday, April 30, 2026
प्रतिक्रिया




