काठमाडौँ- सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, तिलोत्तमा नगरपालिका–१५, सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मंगलबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए । पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रासस
प्रकाशित: १६ वैशाख २०८३ ६:४६ | Wednesday, April 29, 2026
प्रतिक्रिया




