ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु

हिमाल प्रेस १५ वैशाख २०८३ ११:३९ | Tuesday, April 28, 2026
6
SHARES
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु

काठमाडौँ- ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठमेल डेरा गरी बस्ने बाराको निजगढ नगरपालिका–१३ घर भएका ४० वर्षीय किरण घलान छन् ।

काठमाडौं महानगरपालिका–२६, ठमेल पक्नाजोलमा बा। ३ क २३३९ नम्बरको ट्रकको ठक्करबाट घलानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १५ वैशाख २०८३ ११:३९ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast