बक्सअफिसमा दुई फिल्म : ‘राम नाम सत्य’ले पार गर्‍यो ३ करोडको आँकडा, ‘पहाड’ कमाइ कमजोर

हिमाल प्रेस १५ वैशाख २०८३ ८:०५ | Tuesday, April 28, 2026
2
SHARE
बक्सअफिसमा दुई फिल्म : ‘राम नाम सत्य’ले पार गर्‍यो ३ करोडको आँकडा, ‘पहाड’ कमाइ कमजोर

काठमाडौँ- प्रदर्शनरत २ फिल्मस ‘राम नाम सत्य’ र ‘पहाड’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई फिल्ममध्ये ‘राम नाम सत्य’ कमाइको मामिलामा अगाडि देखिएको छ। यस फिल्मले वैशाख १२ गते (शनिबार)सम्म ३ करोडको आँकडा पार गरेको छ ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस व्यापार गरेको छ । फिल्मको यो अवधिमा १ लाख १७ हजार ५६४ वटा टिकट बिक्री भएका छन् ।

नयाँ वर्षको अवसर पारेर गत चैत्र २७ गतेबाट प्रदर्शनमा आएको फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्कीलगायत कलाकारको अभिनय छ । फिल्मको निर्देशन माइकल चन्दले पनर्देशन गरेका हुन् ।

त्यस्तै नयाँ वर्षको दिन पारेर वैशाख १ गतेबाट प्रदर्शन भएको ‘पहाड’को आम्दानी भने कमजोर देखिएको छ । सार्वजनिक तथ्यांकमा फिल्मको आम्दानी ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस रहेको छ । यो अवधिमा फिल्मका १९ हजार ५३९ वटा टिकट बिक्री भएका छन् । यस फिल्मले प्रदर्शनको ५ दिनमा भने ४६ लाख ७३ हजार ६३७ रुपैयाँ ग्रस व्यापार गरेको थियो ।

तुलसी घिमिरेको निर्देशित यस फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारको अभिनय छ ।

 

प्रकाशित: १५ वैशाख २०८३ ८:०५ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast