प्रतीकात्मक तस्बिर।
काठमाडौँ- बाजुराको बडीमालिका नगरपालिकामा सोमबार भैँसी चराउन गएका एक जना बालकको मृत्यु भएको छ।
बडीमालिका नगरपालिका ६ कोर्धको मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो। भैँसी चराउन गएका बडुवालले भैँसीको पुच्छरमा डोरी बाँधेर आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्न खोज्दा बालकको टाउको ढुङ्गामा लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए।
उनका अनुसार मृतक बालकका आमाबुबा रोजगारीको सिलसिलामा भारतको मुम्बईमा छन्।
यसैबिच जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले घटनाबारे हालसम्म प्रहरीमा कुनै जानकारी नआएको बताए। रासस
प्रकाशित: १५ वैशाख २०८३ ६:२५ | Tuesday, April 28, 2026
प्रतिक्रिया




