मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

हिमाल प्रेस १४ वैशाख २०८३ २१:०६ | Monday, April 27, 2026
6
SHARES
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर- भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुमबासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

सो स्थानका संरचना भत्काउन आज २४ वटा जेसीबी प्रयोग गरिएका थिए। त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुमबासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो। शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुंगामुढा भएको थियो।

सुुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए। आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए।

आइतबार र सोमबार  शान्तिपूर्ण रूपमा सुकुमबासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८३ २१:०६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast