‘राईको ज्वाँई’ बोलको नयाँ गीत सार्वजनिक

हिमाल प्रेस १४ वैशाख २०८३ १३:०६ | Monday, April 27, 2026
2
SHARE
‘राईको ज्वाँई’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौँ-‘राईको ज्वाँई’  बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। दामि क्रियसनको प्रस्तुति रहेको उक्त गीत अमिता राइको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा साहिल लिम्बुको संगीत रहेको छ भने नोगेन लिम्बु र मालति राइले स्वर दिएका छन्। भिडियो निर्देशन बिजय मगरले गरेका हुन्।

भिडियोमा आरोन थापा, नोगेन लिम्बु, अमिता राइ, सुहाङ्मा आङ्बुहाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ। छायांकन तथा सम्पादन अर्जुन खड्काले गरेका छन् भने श्रृंगार आकृति खड्काले सम्हालेकी छन्। गीतको शब्द ‘राइको ज्वाइ’ रहेको यस म्युजिक भिडियोले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ वैशाख २०८३ १३:०६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast