प्युठान- गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडानम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको छ।
चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन्। यस्तै, माण्डवी गाउँपालिका–२ रातापानीमा पनि चट्याङ लागेर दुई दिदीबहिनी घाइते भएका छन्।
प्रकाशित: १४ वैशाख २०८३ १०:२१ | Monday, April 27, 2026
प्रतिक्रिया




