सप्तरी- जंगली हात्तीको आक्रमणबाट सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय यज्ञश्वर निरौला रहेका छन् ।
आइतबार राति आफ्नै बारीमा मकै कुरेर बसेका बेला राति करिब ११ः४५ बजे हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।
उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइसकिएको पनि उनले बताए।
पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रवक्ता पुरीले जानकारी दिए।
प्रकाशित: १४ वैशाख २०८३ ९:४५ | Monday, April 27, 2026
प्रतिक्रिया




