यसरी खाली भयो सुकुम्बासी बस्ती…(तस्बिरहरू)

माला खनाल १२ वैशाख २०८३ १८:२७ | Saturday, April 25, 2026
40
SHARES
यसरी खाली भयो सुकुम्बासी बस्ती…(तस्बिरहरू)

काठमाडौँ- तीन दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई बोलाएर काठमाडौँ उपत्यकाका सुकम्बासी बस्ती खाली गराउन निर्देशन दिए।

अनधिकृत रूपमा बागमती किनारका जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार र आइतबार गरी जसरी पनि हटाउन प्रधानमन्त्री शाहको निर्देशन थियो।

उनको यो निर्देशनपछि कतिपय राजनीतिक दलका नेताहरूले विरोधमा प्रतिक्रिया जनाए। कतिपय अभियन्ताहरूले पनि गरीबलाई उठिवास लगाउन लागिएको भन्दै प्रधानमन्त्री शाहको आलोचना गरे।

सुकुम्बासी बस्ती खाली गराउने क्रममा ठूलै झडप वा भिड्न्त हुनसक्ने धेरैको अनुमान थियो। बाहिर नदेखिए पनि सुकुम्बासी बस्ती खाली गराउने सन्दर्भमा सरकारको आन्तरिक तयारी पर्याप्त थियो।

थापाथली, गैरीगाउँ, सिनामंगललगायतका क्षेत्रमा सुकुम्बासी बस्ती खाली गराउने क्रममा झडप र भिड्न्त भएन नै, सुरक्षाकर्मीले घर टहराबाट सामान निकाल्न राम्रो सहयोग गरे। मनोहरा क्षेत्रबाट त ८० प्रतिशतभन्दा बढी बस्ती स्वस्फूर्त रूपमा खाली भयो।

सुरक्षाकर्मीले सुकम्बासी बस्तीका वृद्ध, वृद्ध, महिला, सुत्केरी, बालबालिकालाई गाडीमा राखेर सुरक्षित ढंगबाट दशरथ रंगशाला पुर्‍याएका थिए।

 

प्रकाशित: १२ वैशाख २०८३ १८:२७ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast