फरार दुई अभियुक्त पक्राउ

हिमाल प्रेस १६ माघ २०७९ ८:५२ | Monday, January 30, 2023
फरार दुई अभियुक्त पक्राउ प्रतिनिधिमूलक तस्बिर

भक्तपुर- कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन्।

२०६२ माघ ३० गते चाँगुनारायण नगरपालिका –९ ताथलीमा रहेको गणेश इट्टा भट्टा नजिकै रहेको कुलो छेउमा सोही भट्टामा काम गर्ने सुकमान भन्ने कान्छाराम र बहादुरले रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गर्ने ४१ वर्षीय कृष्ण योगीको शरीरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी फरार रहेका थिए।

घटनामा संलग्न उनीहरुलाई खोजी गर्नेक्रममा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरुबारे थप अनुसन्धान गरी अदालतमा हाजिर गराउने भक्तपुर प्रहरीले जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ ८:५२ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast