जनकपुर साहित्य महोत्सव जेठमा हुँदै

हिमाल प्रेस ११ वैशाख २०८३ १६:०७ | Friday, April 24, 2026
56
SHARES
जनकपुर साहित्य महोत्सव जेठमा हुँदै

काठमाडौँ- जनकपुर साहित्य महोत्सवको सातौँ संस्करण जेठ १ देखि ३ गतेसम्म हुने भएको छ। नव मिथिला फाउन्डेसनले आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति घोषणा गरेको हो। महोत्सव जनकपुरस्थित निधि भवनमा हुनेछ।

२०८२ सालको माघमा हुनुपर्ने यो संस्करण देशमा विकसित असामान्य परिस्थिति र प्रतिनिधिसभा निर्वाचनका कारण मिति फेरबदल भएको आयोजकले जनाएको छ। यसअघि माघ २२-२४ गतेका लागि मिति तोकिएको थियो। महोत्सवको निरन्तरतामा क्रमभंगता आउन नदिन जेठमा महोत्सव गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

महोत्सवले भाषा, साहित्य र संस्कृतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको फाउन्डेसनका अध्यक्ष अमित साहले बताए। ‘महोत्सवमा साहत्यिक र सांस्कृतिक पहिचानको विषयसँगै सामसामयिक राजनीति, समाज, अर्थतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारसँग सम्बन्धित मुद्दाहरूमा प्राथमिकताका साथ विचार विमर्श गर्ने गरिएको छ,’ उनले भने। साथै स्थानीय प्रतिभाहरूलाई अवसर र बाहिरकालाई जनकपुर चिनाउने मौकाको रूपमा पनि यो महोत्सव रहने गरेको उनले बताए।

प्रकाशित: ११ वैशाख २०८३ १६:०७ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast