काठमाडौँ महानगरका विद्यालयमा १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय

हिमाल प्रेस ११ वैशाख २०८३ ९:४७ | Friday, April 24, 2026
8
SHARES
काठमाडौँ महानगरका विद्यालयमा १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिक गतिविधि तथा पठनपाठन यही वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

महानगरपालिका शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको निर्णयअनुसार विद्यालय सञ्चालनसम्बन्धी सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरिएको हो।

सूचनामा नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई समेत ध्यानमा राखिएको उल्लेख छ।

शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव र विद्यालय व्यवस्थापन समितिको तयारीको समग्र विश्लेषणपछि सरोकारवालाहरूमा देखिएको द्विविधा हटाउन यस्तो निर्णय गरिएको महानगरले जनाएको छ।

महानगरले व्यावहारिक पक्षलाई समेत आधार मानी शैक्षिक सत्र २०८३ का सम्पूर्ण पठनपाठन तथा शैक्षिक क्रियाकलाप वैशाख १५ गतेदेखि नियमित रूपमा सञ्चालन गर्नरगराउन सबै विद्यालयहरूलाई निर्देशन दिएको छ।

यो सूचना काठमाडौँ महानगरपालिकाअन्तर्गतका सबै विद्यालय तथा सरोकारवालाहरूका लागि जारी गरिएको हो।

प्रकाशित: ११ वैशाख २०८३ ९:४७ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast