काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबचि मेडिकल सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा नेशनल लाईफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ग्राण्डी अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बिमा प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल जाँच छिटो र सहुलियत दरमा उपलब्ध गराइने, मेडिकल रिपोर्ट समयमै प्रदान गरिने र कम्पनीका कर्मचारीलाई स्वास्थ्योपचार सेवामा १० प्रतिशत छुट उपलब्ध गराइने नेपाल लाईफले जनाएको छ।
यो सहकार्यले बिमा प्रक्रिया थप सहज, छिटो र प्रभावकारी बनाउनुका साथै कर्मचारी र सेवाग्रहीलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउने लक्ष्य राखिएको छ।
कम्पनीले यस सम्झौताबाट आफ्ना ग्राहक, प्रस्तावक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको जनाएको छ।




