रिहा भए सिंहदरबारबाट पक्राउ परेका नेविसंघ आवद्ध विद्यार्थीहरू

हिमाल प्रेस ९ वैशाख २०८३ २१:२४ | Wednesday, April 22, 2026
18
SHARES
रिहा भए सिंहदरबारबाट पक्राउ परेका नेविसंघ आवद्ध विद्यार्थीहरू

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्ताहरू रिहा भएका छन्। मंगलबार सिंहदरबारबाट पक्राउ परेका उनीहरू बुधबार साँझ रिहा भएका हुन्।

गृहमन्त्री सुधन गुरुङको राजीनामालगायत माग राख्दै नेविसंघका नेता कार्यकर्ताहरूले मंगलबार सिंहदरबारभित्रै पुगेर प्रदर्शन गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक चलिरहेका बेला सिंहदरबारभित्र उनीहरूले प्रदर्शन गरेका थिए। गृहमन्त्रीको राजीनामा र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका थिए।

सिंहदरबारभित्र प्रदर्शन गर्ने क्रममा प्रहरीले नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी, विशाल बीसीलगायतलाई नियन्त्रणमा लिएको थियो।

केन्द्रीय सदस्य भट्टले प्रहरी नियन्त्रणबाट २४ घन्टापछि रिहा भएको जानकारी थिए। गृहमन्त्रीले राजीनामा दिइसकेको बताउँदै उनले मूल्यवृद्धि नियन्त्रण गर्न जनतालाई राहत दिन सरकार जिम्मेवार बन्नुपर्ने बताए।

नेविसंघका नेताहरूलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसले आपत्ति जनाएको थियो। कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार विज्ञप्ति निकालेर लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको बताएका थिए।

यस्ता अधिकारको प्रयोगका क्रममा नगारिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको वक्तव्यमा उनले जिकिर गरेका थिए।

प्रकाशित: ९ वैशाख २०८३ २१:२४ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast