युवकको हत्या गरेको आरोपमा दुई पक्राउ

हिमाल प्रेस ८ वैशाख २०८३ १२:३३ | Tuesday, April 21, 2026
14
SHARES
युवकको हत्या गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ- कञ्चनपुरको पुनर्वास नगरपालिका ५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहार गर्ने दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई नियन्त्रणमा लिएको बताए।

आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो। स्थानीय युवाबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्यु भएको हो।

आरोपितहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको उनले जानकारी दिए । रासस

प्रकाशित: ८ वैशाख २०८३ १२:३३ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast