उदयपुर : घरमा आगो लाग्दा दुईको मृत्यु, ३ घर जलेर नष्ट

हिमाल प्रेस ८ वैशाख २०८३ ९:१८ | Tuesday, April 21, 2026
6
SHARES
उदयपुर : घरमा आगो लाग्दा दुईको मृत्यु, ३ घर जलेर नष्ट

उदयपुर- उदयपुरमा घरमा आगो लाग्दा दुई जनाको मृत्यु भएको छ। चौदण्डिगढी नगरपालिका ७ बेल्टारमा गएराति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए।

बेल्टारस्थित शान्तिचोकका लक्ष्मि नारायणको घरबाट विद्युत्‌को तार सर्ट भएर सुरु भएको आगलागीमा परेर उनीहरूको मृत्यु भएको हो।आगलागीबाट लक्ष्मिसहित रबिन कुमार दास र सकलदेवको घर जलेर नष्ट भएको छ। राति सुतिरहेको अवस्थामा आगलागी हुँदा जलेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा परी अस्मिता खड्का घाइते भएकी छन्। उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले मंगलबार बिहान आगो नियन्त्रणमा लिएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रकाशित: ८ वैशाख २०८३ ९:१८ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast