सरकारी वेबसाइट अद्यावधिक गर्न र फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

हिमाल प्रेस ७ वैशाख २०८३ १६:३१ | Monday, April 20, 2026
12
SHARES
सरकारी वेबसाइट अद्यावधिक गर्न र फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक निकायहरूको वेबसाइटमा विवरण अद्यावधिक गर्न तथा नागरिकका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको पत्रमा विभिन्न निकायहरूको वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक नभएको तथा कार्यालयका टेलिफोन र मोबाइल फोन नउठ्नेबारे गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।

आज (२०८३ साल वैशाख ७ गते) जारी पत्रमार्फत मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको हो।

पत्रमा भनिएको छ,‘सार्वजनिक निकायको वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक नहुने, कार्यालयको टेलिफोन तथा मोबाइल नउठ्ने लगायतका विषयमा गुनासो प्राप्त भएकोले सम्बन्धित निकायमा कार्यरत कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल ठेगाना तत्काल वेबसाइटमा अद्यावधिक गर्नुहुन अनुरोध छ।’

त्यसैगरी, कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयभित्र मोबाइल फोन अनिवार्य रूपमा उठाई नागरिक तथा सेवाग्राहीले माग गरेका सूचना र गुनासोको तत्काल सम्बोधन गर्नुपर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

‘कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन कम्तीमा कार्यालय समयमा अनिवार्य उठाई नागरिक तथा सेवाग्राहीले माग गरेको सूचना तथा गुनासोको तत्काल सम्बोधन गर्ने, गराउने व्यवस्था मिलाउनुहुन आदेशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।

प्रकाशित: ७ वैशाख २०८३ १६:३१ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast