प्रधानमन्त्री-मन्त्रीलाई आईफोन बाँडेको समाचारको सञ्चारमन्त्रीद्वारा खण्डन

हिमाल प्रेस ६ वैशाख २०८३ ७:५१ | Sunday, April 19, 2026
प्रधानमन्त्री-मन्त्रीलाई आईफोन बाँडेको समाचारको सञ्चारमन्त्रीद्वारा खण्डन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना

काठमाडौँ- सरकारले मन्त्रीहरूका लागि छुट्टै फोन उपलब्ध गराउने तयारीबारेको समाचारको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले खण्डन गरेका छन्। आज सामाजिक सन्जालमार्फत सञ्चारमन्त्री तिमिल्सिनाले समाचार कल्पनायुक्त भएको बताएका छन्।

‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो?’ उनको प्रश्न छ । उनले यस्ता विषय साझा गर्नुअघि यसको स्रोत र विश्वासनियता सुनिश्चित गर्न आग्रह गरे ।

‘साथीहरू, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चित गर्नुहोला,’ उनले लेखेका छन्, ‘यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैसाको दुरूपयोग गर्न हैन । जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ।’

प्रकाशित: ६ वैशाख २०८३ ७:५१ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast