काठमाडौँ- चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका छन् । शनिवार राति भएको मतदानमा कुल १६९ मध्ये ९५ मत पाएर बलामी निर्वाचित हुँदा उनका निकततम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत पाए।
संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भए। रघुनाथले ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नविन गिरीले ६२ मत पाए। उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भए। उपाध्यक्ष (महिला)मा दिपज्योती थापा निर्वाचित भइन्। थापाले ७५ मत पाउँदा सुष्मा कार्कीले ६२ मत पाएकी छिन्।
निकै कडा प्रतिस्पर्धा भएको महासचिव पदमा गोपीकृष्ण चापागाईं निर्वाचित भए। चापागाईँले ५४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत पाएका छन्। चार जना उम्मेदवारमध्ये सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मत पाएका छन्।
संघको सचिवमा मदन रिजाल निर्वाचित भएका छन्। उनले ९४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि सुरेन्द्र थापा मगरले ४५ मत पाएका छन्। सचिव .(समावेशीं मा महम्मद जलिम निर्विरोध निर्वाचित भएका छन्।
कोषाध्यक्षमा मनिष अञ्जान दाहाल निर्वाचित भएका छन्। उनले ७४ मत पाउँदा प्रतिस्पर्धी निशा बजगाईँले ६५ मत पाएकी छिन्। सहकोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन्। उनले ६२ मत पाउँदा उनका प्रतिस्पर्धी भोला सुवेदी प्रनपले ४२ मत पाएका छन्।
निर्वाचित हुने सदस्यहरुमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) तथा रतन बहादुर चन्द निर्वाचित भएका छन्।



