होर्मुज स्ट्रेटमा दुई भारतीय झण्डाधारी जहाजमा गोली प्रहार

हिमाल प्रेस ६ वैशाख २०८३ ६:१६ | Sunday, April 19, 2026
12
SHARES
होर्मुज स्ट्रेटमा दुई भारतीय झण्डाधारी जहाजमा गोली प्रहार

काठमाडौँ- भारतले होर्मुज स्ट्रेटमा दुई भारतीय झण्डाधारी जहाजमा गोली हानिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बीबीसी हिन्दीका अनुसार शनिबार भारतले इरानी राजदूतलाई बोलाएर आपत्ति जनाएको छ।

शनिबार होर्मुज स्ट्रेटमा दुई भारतीय झण्डाधारी जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको थियो।

बीबीसी फारसीका अनुसार ट्याङ्कर आवागमन निगरानी गर्ने वेबसाइट ट्याङ्करट्र्याकर्सले घटनाका क्रममा ‘गोली पनि हानिएको’ बताएको छ। ‘च्यानल १६ बाट प्राप्त अडिओ रेकर्डिङ’का आधारमा ट्याङ्करट्र्याकर्सले आईआरजीसी नौसेनाले स्ट्रेटको पश्चिममा यात्रा गरिरहेका दुई भारतीय जहाजलाई पछि हट्न बाध्य पारेको हो।

यसअघि बीबीसी भेरिफाइले स्ट्रेट पुनस् खोल्ने क्रममा दुई भारतीय झण्डाधारी जहाजहरू कार्गो जहाज जग अर्नाभ र तेल ट्याङ्कर सन्मार हेराल्डलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो लक्षित मार्गबाट ​​विचलित हुन आदेश दिएको जनाएको थियो।

समुद्री ट्र्याकिङ डेटाका अनुसार, जहाजहरू लाराक टापु पार गरेपछि सुस्त भए र त्यसपछि यूटर्न लिएर फर्किए। सानमार हेराल्ड डेटाले पनि ती जहाज तेलले भरिएका छन्। हालैको ट्र्याकिङ डेटाको आधारमा तेल इराकबाट ल्याइँदै गरिएको संकेत देखाएको छ।

प्रकाशित: ६ वैशाख २०८३ ६:१६ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast