क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार कवि सिमयोनलाई

हिमाल प्रेस ५ वैशाख २०८३ १०:२६ | Saturday, April 18, 2026
20
SHARES
क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार कवि सिमयोनलाई

काठमाडौँ-  सिक्किमका युवा कवि सिमयोन सुकिता राई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ पुरस्कृति भएका छन्।गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित ‘एनसिएम डे–२०८२’ का अवसरमा राई पुरस्कृति भएका हुन्। राईले पुरस्कार स्वरूप नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेका छन्। यस्तै  ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८२’ सुरज सुवेदीले जितेका छन्।

यस वर्षको पुरस्कारका लागि अन्तिम ४ को सूचीमा उमेश अवस्थी आदर्शको ‘सन्ध्यामा सूर्य’, सबिना राईको ‘घामको जरा’ र दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ मनोनयनमा परेका थिए। गत वर्ष यो पुरस्कार युवा कवि सिजन श्रेष्ठको कृति ‘हावामा अल्झिएको स्वर’ ले प्राप्त गरेको थियो।

स्व। क्षेत्रप्रताप अधिकारीको साहित्यिक योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रोत्साहित गर्न यो पुरस्कार स्थापना गरिएको संयोजक अमनप्रताप अधिकारीले जानकारी दिए।

 

प्रकाशित: ५ वैशाख २०८३ १०:२६ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast