मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने बालाजुबाट पक्राउ

हिमाल प्रेस ५ वैशाख २०८३ ९:१७ | Saturday, April 18, 2026
8
SHARES
मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने बालाजुबाट पक्राउ

काठमाडौँ- बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १६ वनस्थली बस्ने ५२ वर्षीय ‘दीपक’ भन्ने विश्वराम अधिकारी रहेका छन्।

प्रहरीका अनुसार अधिकारीले नेपाल सरकार वादी र ध्रुव विक्रम मल्ल प्रतिवादी रहेको एक बैंकिङ कसुर मुद्दा मिलाइदिने आश्वासन दिएका थिए । उनले पीडितलाई झुक्क्याएर र गफलतमा पारेर नगद तथा मोबाइल बैंकिङमार्फत पटकपटक गरी जम्मा १ लाख ३० हजार रुपैयाँ लिएर फरार भएका थिए।

रकम लिएर व्यक्ति फरार भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई २०८३ वैशाख २ गते दिउँसो ४ बजेतिर काठमाडौँको बालाजु क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अधिकारीमाथि ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८३ ९:१७ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast