कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता

हिमाल प्रेस ४ वैशाख २०८३ २२:१९ | Friday, April 17, 2026
62
SHARES
कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता

काठमाडौँ- सर्वोच्च अदालतले गगन थापा सभापति रहेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। अदालतले शुक्रबार राति यस्तो फैसला सुनाएको हो। अदालतको यस्तो फैसलापछि तीन महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गरेको उक्त फैसला शुक्रबार राति अबेर सुनाइएको हो।

कांग्रेसको माघमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो। त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको निवेदनमा निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष ४ माघ २०८२ मा सर्वोच्च अदालत गएको थियो।

गत मंसिरमा कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि पार्टीमा महाधिवेशन निर्वाचन अगाडि वा पछाडि गर्ने भन्नेमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा थापा पक्षले विशेष महाधिवेशन गरेको थियो।

प्रकाशित: ४ वैशाख २०८३ २२:१९ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast