म्यानमारका पूर्वराष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती

हिमाल प्रेस ४ वैशाख २०८३ २०:५८ | Friday, April 17, 2026
18
SHARES
म्यानमारका पूर्वराष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती

काठमाडौँ– सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्वराष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ।

त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजाय पनि घटाइएको उनीनिकट स्रोतले जनाएको छ।

मिन्ट र ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीले एक दशक लामो नागरिक शासनको प्रयोगमा म्यानमाको नेतृत्व गरेका थिए।

सन् २०१८ देखि सेवा गरेका पूर्वराष्ट्रपतिलाई सैन्य शासनपछि सजाय सुनाइएको र शुक्रबार रिहा गरिएको उनको पार्टीका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी गराएका छन्।

यसैबीच, सुकीलाई हिरासतमा राखिएको छ। अधिकारवादी समूहहरूले उनको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीलाई कमजोर पार्ने राजनीतिक रूपमा प्रेरित मुद्दामा सुकीलाई हिरासतमा राखिएको भए पनि उनको सजाय कटौती गरिएको सुकीनिकट स्रोतले जनाएको छ।

सुरक्षाका कारण नाम नबताउने सर्तमा नेतृ सुकीको कानुनी मुद्दासँग निकट एक स्रोतले एएफपीसँग भन्यो, ‘सुकीको २७ वर्षको जेल सजाय आममाफीको एक हिस्साका रूपमा काटिएको हो।’

स्रोतका अनुसार सुकीको सरकारलाई अपदस्थ गर्ने र गत हप्ता नागरिक राष्ट्रपतिको रूपमा शपथ लिने ‘कू’ पक्षधर नेता मिन आङ ह्लाइङले घोषणा गरेको ४० वर्षभन्दा कम सजायको बाँकी अवधिलाई ६ भागको एक भाग घटाउने सामूहिक आममाफीको आदेशअन्तर्गत नेतृ सुकीको सजाय कटौती लागू हुन्छ।

रूपान्तरण आदेशअघि उनले कति जेल सजाय भुक्तानी गरेकी थिइन् भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन।

विनासर्त रिहा गरिनुपर्ने

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले ’कू’ पछि अन्यायपूर्ण रूपमा पक्राउ परेका सबैलाई तत्काल र विनासर्त रिहा गरिनुपर्ने बताएका छन्।

मिन्टले राष्ट्रपतिको रूपमा तत्कालिन सरकार प्रमुख सुकीको नेतृत्वमा संवैधानिक भूमिकामा जिम्मेवारी सम्हाल्नेका थिए जसलाई सैन्य मस्यौदा संविधानअन्तर्गत शीर्ष पद धारण गर्न प्रतिबन्ध लगाइएको थियो।

वर्तमान राष्ट्रपति ह्लाइङको कार्यालयले जारी गरेको आधिकारिक वक्तव्यमा उनले मिन्टलाई माफी दिएको उल्लेख गरिएको छ, जसलाई सुकीजस्तै धेरै अपराधमा दोषी ठहर गरिएको थियो।

‘कू’ पछि विघटन गरिएको एनएलडीका प्रवक्ता म्यो न्युन्टले एएफपीलाई भने, ‘मैले पूर्वराष्ट्रपतिलाई राजधानी नेपिडोमा आफ्नी छोरीको घरमा भेट्दा उहाँ ‘स्वस्थ’ रहनुभएको पाएँ।’

सशस्त्र बलको प्रमुखको रूपमा पाँच वर्ष शासन गरेपछि ह्लाइङलाई गत शुक्रबार संक्रमणकालीन लोकतन्त्रमा नागरिक नेताको रूपमा नियुक्त गरिएको थियो।

यो परिवर्तनसँगै जुन्ताको ‘कू’ पछिका केही निर्णयहरू उल्टाइएको छ। यसलाई वर्तमान् सरकारी नेतृत्वले मेलमिलापको रूपमा प्रचार गरेको छ, तर आलोचकहरूले यसलाई आफूलाई कानुनीरूपमा बलियो बनाउने र स्थापित गर्ने शैनिक शासकको रणनीतिक प्रयासका रूपमा वर्णन गरेका छन्।

म्यानमाले नयाँ वर्षको उपलक्ष्यमा आममाफीका रूपमा घोषणा गरिएको चार हजार ३०० भन्दा बढी कैदीलाई रिहा गर्ने र सबै मृत्युदण्डको सजाय घटाउने ह्लाइङले शुक्रबार घोषणा गरेका छन्।-रासस/एएफपी

प्रकाशित: ४ वैशाख २०८३ २०:५८ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast