पशुपति क्षेत्रको अनाधिकृत संचरनामा चल्यो डोजर

हिमाल प्रेस ४ वैशाख २०८३ १६:३४ | Friday, April 17, 2026
10
SHARES
पशुपति क्षेत्रको अनाधिकृत संचरनामा चल्यो डोजर

काठमाडौँ- काठमाडौँ महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ।

महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको हो।

यस क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।

उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधिकृत संरचना हटाइएको उल्लेख गरे। केही समयअघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधिकृत संरचना हटाउने कार्य राकिएकोमा अब भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए।

महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति रहेकाले अब कडाइका साथ कबाडी हटाइने जोशीले बताए।

प्रकाशित: ४ वैशाख २०८३ १६:३४ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast