कांग्रेसले लेखा समितिको सभापतिमा उम्मेदवारी दिने

हिमाल प्रेस ३ वैशाख २०८३ १२:३६ | Thursday, April 16, 2026
10
SHARES
कांग्रेसले लेखा समितिको सभापतिमा उम्मेदवारी दिने

काठमाडौँ- नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेस सांसद भीष्मराज आङदेम्बेले लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने जानकारी दिए ।

‘यसअघि पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउने अभ्यास थियो । हामी यसपटक प्रमुख प्रतिपक्षी दल भएकोले उम्मेदवारी दिन्छौँ,’ आङदेम्बेले भने, ‘अरु समितिका सभापतिको विषयमा अरु विपक्षी दलसँग सल्लाह गर्छौं ।’

सत्ताको नेतृत्व गरिरहेको रास्वपाले विपक्षी दलहरूलाई समितिको सभापति नदिने तयारी गरेको छ । संसदीय समितिका सभापतिमा आज उम्मेदवारी दर्ता हुँदै छ ।

प्रकाशित: ३ वैशाख २०८३ १२:३६ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast