काठमाडौँ- इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनी इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शीसिर खनालले जनाएका छन्।
उनलाई इरानबाट बाहिर ल्याउने काम भइरहेको पनि मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।
यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १९१ शव नेपाल ल्याउन बाँकी छन्।
प्रकाशित: ३ वैशाख २०८३ ६:२२ | Thursday, April 16, 2026
प्रतिक्रिया



