आईसीसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन क्रिकेट टोली रुवान्डा प्रस्थान

हिमाल प्रेस २ वैशाख २०८३ १५:४५ | Wednesday, April 15, 2026
12
SHARES
आईसीसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन क्रिकेट टोली रुवान्डा प्रस्थान

काठमाडौँ- नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आईसीसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ। उक्त टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ।

यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआटु र इटालीको सहभागिता रहने छ।

नेपालले यही वैशाख ५ गते अमेरिकासँग पहिलो खेल खेल्ने तालिका छ। नेपालले दोस्रो खेल वैशाख ६ गते इटलीसँग, तेस्रो खेल वैशाख ९ गते रुवान्डासँग, वैशाख ११ गते भानुआटुसँग, वैशाख १३ गते अमेरिकासँग, वैशाख १५ गते रुवान्डासँग, वैशाख १७ गते भानुआटुसँग तथा वैशाख १८ गते इटालीसँग खेल्नेछ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतोसहित रुवि पोदार, रोमा थापा, बिन्दु रावल, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय तथा टोलीको मुख्य प्रशिक्षकमा हषर्ल पाठक रहेका क्यानले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८३ १५:४५ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast