वैशाख १५ गतेबाट पठनपाठन र आजदेखि भर्ना सुरु गर्न निर्देशन

हिमाल प्रेस २ वैशाख २०८३ १३:३४ | Wednesday, April 15, 2026
1.1k
SHARES
वैशाख १५ गतेबाट पठनपाठन र आजदेखि भर्ना सुरु गर्न निर्देशन

काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नयाँ भर्ना आज (वैशाख २ गते) देखि सुरु गर्न र पठनपाठन वैशाख १५ गतेदेखि सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने व्यवस्था गरेपछि नेसनल प्याब्सनले उक्त निर्देशन दिएको हो।

नेसनल प्याब्सनले आफ्ना सदस्य विद्यालयलाई वार्षिक क्यालेन्डर र शैक्षिक योजनामा समायोजन गर्न निर्देशन दिएको छ।

यससँगै शैक्षिक सत्र २०८३ का लागि दसैँ, तिहार, जाडोगर्मी बिदा तथा शैक्षिक सत्र समापनजस्ता बिदाहरू समायोजन गरी कम्तीमा २२० दिन पठनपाठन कायम गर्नुपर्ने, विद्यालय समयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने, सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाउनुपर्ने तथा तालिम, कार्यशाला, प्रतियोगिता, अभिभावक दिवसजस्ता कार्यक्रमहरू सम्भव भएसम्म शनिबार वा आइतबार राख्नुपर्ने निर्देशन पनि दिइएको छ।

शिक्षा ऐनअनुसार शुल्क प्रणाली व्यवस्थित गर्न, मासिक शुल्क मासिक रूपमा, वार्षिक शुल्क वर्षमा एक पटक, विविध शुल्क सेवाअनुसार र भर्ना शुल्क नयाँ विद्यार्थीबाट एक पटक मात्र लिनुपर्ने व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

नेसनल प्याब्सनले सार्वजनिक बिदा दुई दिन हुँदा वार्षिक करिब ४० दिन बिदा बढ्ने अवस्था सिर्जना हुने र यसले पाठ्यक्रम समयमै सम्पन्न गर्न कठिनाइ उत्पन्न गर्ने बताएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित: २ वैशाख २०८३ १३:३४ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast