मनाङमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस १ वैशाख २०८३ १४:०४ | Tuesday, April 14, 2026
16
SHARES
मनाङमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मनाङ- नासोँ गाउँपालिका-३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी बगैँचाका अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८३ १४:०४ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast