काठमाडौँमा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै

हिमाल प्रेस १ वैशाख २०८३ ११:४६ | Tuesday, April 14, 2026
4
SHARES
काठमाडौँमा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै काठमाडौँबाट विभिन्‍न स्थान जाँदै गरेको साझा बस। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदैछ। साझा यातायातसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले रात्रिकालीन विद्युतीय बस सेवा सुरु गर्न लागेको हो। बूढानीलकण्ठदेखि ललितपुरको लगनखेलसम्म र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म दुईवटा रुटमा रात्रिकालीन यातायात सेवा सञ्चालन गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन्। उनका अनुसार, रात्रिकालीन बस राति ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

यात्रु तथा चालकको सुरक्षाका लागि सीसीटीभीमार्फत् निगरानी गरिनेछ भने प्रत्येक बसमा एकजना नगरप्रहरीको उपस्थिति रहने जनाइएको छ। लगनखेलबाट पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल तथा प्रसूति गृह, नेसनल ट्रमा सेन्टर तथा वीर अस्पताल, कान्ति तथा शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्मको एउटा रुट सञ्चालन गर्न लागेको हो। थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट सञ्चालन गर्न लागेको छ ।

जसमा थानकोट हुँदै सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै विमानस्थलसम्म सञ्चालन हुनेछ । यी दुई रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जनाएको छ ।

प्रकाशित: १ वैशाख २०८३ ११:४६ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast