मलामी लिएर फर्किँदै गरेको ट्याक्टर दुर्घटना, एकको मृ्त्यु

हिमाल प्रेस १ वैशाख २०८३ ११:१० | Tuesday, April 14, 2026
2
SHARE
मलामी लिएर फर्किँदै गरेको ट्याक्टर दुर्घटना, एकको मृ्त्यु

झापा- कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचाकल कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार, सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए ।

उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुंगा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोड पठाइएकामा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस

प्रकाशित: १ वैशाख २०८३ ११:१० | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast