दीक्षान्त भए २०३ शाखा अधिकृत

हिमाल प्रेस ३० चैत २०८२ १९:२५ | Monday, April 13, 2026
16
SHARES
दीक्षान्त भए २०३ शाखा अधिकृत

ललितपुर- नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका दुई सय तीन अधिकृतको दीक्षान्त समारोह सम्पन्न भएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरले सञ्चालन गरेको ४०औँ आधारभूत प्रशासन प्रशिक्षण आज सम्पन्न भएसँगै उनीहरूलाई दीक्षान्त गरिएको हो।

कार्यक्रममा स्टाफ कलेजका कार्यकारी निर्देशक रामशरण पुडासैनीले नयाँ मानक स्थापना गर्दै देशका लागि सम्झनलायक काम गर्न आग्रह गरे। ‘प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुहोला, राष्ट्रसेवकको हैसियतले धेरै कुराको सुधार र मानक स्थापित गर्ने सन्दर्भमा स्टाफ कलेजले आफ्नो नियमिततालाई परिस्कृत गर्दै अगाडि बढिरहेको छ। यहाँको सिकाइलाई व्यवहारमा उतार्दै नयाँ उचाईँ हासिल गर्न नीतिगत पुनःसंरचनाका विषयमा हामीसँगसँगै छौँ,’ उनले भने।

स्टाफ कलेजले हरेक वर्ष चार हजार कर्मचारीलाई प्रशिक्षण दिने गरेको जानकारी गराउँदै कार्यकारी निर्देशक पुडासैनीले सेवा प्रवाहलाई थप प्रभावकारी र मितव्ययी बनाउन ध्यान दिइएको बताए।

कार्यक्रममा संघीय संसद् सचिवालयका सचिव सुरजकुमार दूराले नवप्रवेशी अधिकृतहरूलाई अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै देशहितका पक्षमा काम गर्न आग्रह गरे।

प्रकाशित: ३० चैत २०८२ १९:२५ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast