गढवामा तोकियो निजी विद्यालयले लिने शुल्क (सूचीसहित)

हिमाल प्रेस ३० चैत २०८२ १५:०० | Monday, April 13, 2026
1.0k
SHARES
गढवामा तोकियो निजी विद्यालयले लिने शुल्क (सूचीसहित)

दाङ- गढवा गाउँपालिकाले शैक्षिक सत्र २०८३ का लागि संस्थागत (निजी) विद्यालयले लिने शुल्क निर्धारण गरेको छ। गाउँ शिक्षा समितिको आइतबार (चैत २८ गते) को निर्णयअनुसार शुल्कसम्बन्धी नयाँ व्यवस्था लागू गरिएको हो।

पालिकाले जारी गरेको सूचनाअनुसार अब विद्यालयले विद्यार्थीबाट अतिरिक्त शीर्षकमा शुल्क लिन पाउने छैनन्। खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, भवन मर्मत, पुस्तकालय तथा प्राथमिक उपचारका नाममा कुनै पनि शुल्क नलिन निर्देशन दिइएको छ।

त्यसैगरी, कक्षा ३ सम्मका विद्यार्थीबाट परीक्षा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ भने परीक्षा शुल्क लिने कक्षाका विद्यार्थीलाई परीक्षा अवधिभर खाजा खुवाउनुपर्ने व्यवस्था गरिएको छ।

पालिकाले पुनः भर्ना शुल्क नलिन पनि निर्देशन दिएको छ। शिक्षकको न्यूनतम पारिश्रमिक मासिक रु. १९,५५० तोकिएको छ र सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आवद्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

यातायात शुल्कतर्फ ५ किलोमिटर भित्र रु. ५००, ८ किलोमिटर भित्र रु. ६०० र १२ किलोमिटर भित्र रु. ७०० सम्म मात्र लिन पाइने व्यवस्था गरिएको छ।

पालिकाले छात्रवृत्ति वितरणलाई पनि अनिवार्य बनाउँदै अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ अनुसार व्यवस्था गर्न निर्देशन दिएको छ।

त्यस्तै, शिक्षक तथा कर्मचारीको तलबभत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ। निर्धारित शुल्कभन्दा बढी असुल गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने पालिकाले चेतावनी दिएको छ।

प्रकाशित: ३० चैत २०८२ १५:०० | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast