काठमाडौँ- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नवनिर्वाचित उपसभामुख रूबी कुमारी ठाकुरसँग पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट गरेका छन्।
सभामुख अर्यालको सचिवालयका अनुसार आज भएको उक्त भेटमा उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
भेटका क्रममा संसद्को प्रभावकारी सञ्चालन, सहकार्य तथा आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफलसमेत भएको जनाइएको छ।
सभामुख अर्यालले संसद्को कामकारबाहीलाई व्यवस्थित, मर्यादित र परिणाममुखी बनाउन उपसभामुखको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: ३० चैत २०८२ १४:०९ | Monday, April 13, 2026
प्रतिक्रिया




