बल्खुमा लापसे गरेका दुई चालक ट्राफिकको फन्दामा

हिमाल प्रेस २९ चैत २०८२ ८:१७ | Sunday, April 12, 2026
10
SHARES
बल्खुमा लापसे गरेका दुई चालक ट्राफिकको फन्दामा

काठमाडौँ- काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुईजना चालक ट्राफिक प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेहरूमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार यो कारबाही चलाएको हो। चेकजाँचका क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि गरेको थियो।

संवेदनशील मानिने सार्वजनिक यातायातका चालकहरू नै नसामा लठ्ठिएर सवारी चलाएको भेटिएपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै चालकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

 

प्रकाशित: २९ चैत २०८२ ८:१७ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast