घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले भन्यो : कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही

हिमाल प्रेस २९ चैत २०८२ ७:४२ | Sunday, April 12, 2026
24
SHARES
घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले भन्यो : कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही

काठमाडौँ- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गरेर भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न माग गरेको छ।

पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा वर्तमान बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग बनाउनुपर्ने माग गरिएको छ।

पार्टीको हालै सम्पन्न राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकले विभिन्न ११ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले वि।सं। २०४८ देखिका उच्चपदस्थ कर्मचारी र राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । यस्तै, मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित ऊर्जा संकट समाधान गर्न र बजारमा व्याप्त महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरिएको छ ।

पार्टीले इरान, प्यालेस्टाइन, लेबनान, इराक र यमनमा भइरहेको आक्रमणको कडा आलोचना गरेको छ । अमेरिकी र इजरायली कदमलाई साम्राज्यवादी भन्दै पार्टीले यस्ता आक्रमण तत्काल रोक्न माग गरिएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीको अपहरण प्रयासको निन्दा गर्दै पार्टीले उनीहरूको बिना सर्त रिहाइको माग समेत गरेको छ ।

पार्टीले आत्मनिर्भर अर्थतन्त्रको निर्माण, रोजगारी प्रवद्र्धन र ऊर्जा संकट समाधानका लागि नेपाली भान्सालाई विद्युतीकरण गर्ने कार्ययोजना ल्याउन सरकारलाई दबाब दिएको छ । असमान सन्धि सम्झौताहरू खारेज गर्नुपर्ने र बहुध्रुवीय विश्व व्यवस्था अनुसारको आर्थिक प्रणाली विकास गर्नुपर्नेमा पार्टीले जोड दिएको छ । नेकपा संयुक्तले आगामी असोजभित्र जिल्ला तहमा संगठन विस्तार गरी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित: २९ चैत २०८२ ७:४२ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast