हिजबुल्लाहद्वारा इजरायली सैनिकमाथि मिसाइल र ड्रोन आक्रमण

हिमाल प्रेस २८ चैत २०८२ १९:०६ | Saturday, April 11, 2026
30
SHARES
हिजबुल्लाहद्वारा इजरायली सैनिकमाथि मिसाइल र ड्रोन आक्रमण तस्बिर : एएफपी

काठमाडौँ- लेबनानको हिजबुल्लाह समूहले इजरायली सैनिकहरूलाई लक्षित गरेर मिसाइल र ड्रोन आक्रमण गरेको बताएको छ।

हिजबुल्लाहका अनुसार उसले उत्तरी इजरायलको रिकयात शमोना सहर र यारा ब्यारेकमा मिसाइल प्रहार गरेको हो।

यसैबीच लेबनानका स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको नबातीहस्थित जेफ्टा सहरमा इजरायली आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ।

मन्त्रालयले मृतकहरूमध्ये एक जना लेबनानी नागरिक रक्षाका सदस्य रहेको र अन्य दुई जना ाइते भएको जनाएको छ।

यद्यपि उनीहरूको मृत्यु कहिले भएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन। शनिबार लेबनानमा हिजबुल्लाहका राजनीतिज्ञ हसन फदलल्लाहले इजरायलसँगको प्रस्तावित वार्ताको विषयलाई लिएर लेबनानी सरकारको आलोचना गरेका छन्।

यसअघि बुधबार इजरायलले लेबनानमा ठूलो स्तरमा हवाई आक्रमण गरेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणहरूमा ३५० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १२ सयभन्दा बढी घाइते भएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी आक्रमणलाई युद्ध सुरू भएयता हिजबुल्लाहमाथि गरिएको सबैभन्दा ठूलो प्रहार भनेका छन्।

इरानले मंगलबार तय भएको दुई हप्ताको युद्धविराम सम्झौताको दायरमा लेबनान पनि रहेको दाबी गरेको छ। यद्यपि अमेरिका र इजरायलले यसलाई मान्न अस्वीकार गरिरहेका छन्।

बिहीबार हिजबुल्लाहले युद्धविराम उल्लंघनको जवाफमा रातभर इजरायलतर्फ मिसाइल प्रहार गरेको बताएको छ। हिजबुल्लाहले लेबनानविरूद्धको इजरायली–अमेरिकी आक्रामकता समाप्त नभएसम्म आफ्ना आक्रमणहरू जारी राख्ने धम्की समेत दिएको छ।

प्रकाशित: २८ चैत २०८२ १९:०६ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast