नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

हिमाल प्रेस २८ चैत २०८२ १७:५९ | Saturday, April 11, 2026
नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

काठमाडौँ – ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ शनिबारदेखि सुरु भएको छ।

सम्मेलनको समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले उद्घाटन गरे।

उद्घाटन सत्रमा नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको बृहत् ग्रन्थको लोकार्पण गरिएको छ।

उक्त ग्रन्थमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयसँग सम्बन्धित २५ वटा गहन अनुसन्धानात्मक आलेख समावेश गरिएको नइ एकेडेमीका सदस्य–सचिव नरेन्द्र प्रसाईंले जानकारी दिए।

तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको छ।

सम्मेलनले नेपाली भाषा, साहित्य र अनुसन्धानका क्षेत्रमा अन्तरदेशीय सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast