करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते

हिमाल प्रेस २८ चैत २०८२ १२:०४ | Saturday, April 11, 2026
8
SHARES
करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते सांकेतिक तस्बिर

सप्तरी- सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो। शुक्रबार बिहान ९ः४५ बजे आफ्नै घरअगाडि श्रीमती ६० वर्षीया जिरावती महतोसँग बसिरहेका बेला नजिकै रहेको विद्युत् पोलबाट २२० भोल्टको तार चुडिँदा दुवै जनालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएकोमा राजकुमार महतोको उपचारका क्रममा शुक्रबार बिहान ११ः१९ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। घटनामा घाइते भएकी जिरावती महतोको सोही अस्पतालमा उपचारपछि अवस्था सामान्य रहेको र उनी डिस्चार्ज भई घर फर्किएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ चैत २०८२ १२:०४ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast