पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकार गम्भीर : परराष्ट्र मन्त्रालय

हिमाल प्रेस २७ चैत २०८२ १६:५४ | Friday, April 10, 2026
14
SHARES
पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकार गम्भीर : परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको भन्दै नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए।

उनले दुई हप्ताका लागि युद्धविरामको सम्झौतालाई नेपाल सरकारले स्वागतसमेत गरिसकेको जानकारी दिए। साथै, विवादहरूको शान्तिपूर्ण समाधानका पक्षमा आफ्नो निरन्तर अडान नेपालले पुनः दोहोर्‍याएको उनको भनाइ छ।

प्रवक्ता क्षेत्रीले गत दस दिनमा यूएईमा मिसाइलको भग्नावशेष लागेर थप आठ जना नेपालीहरू घाइते भएकोमा हाल एक जना बाहेक सबैजना सामान्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी दिए। यससँगै हालसम्म पश्चिम एसिया क्षेत्रमा घाइते हुने नेपालीको संख्या २८ पुगेकोमा २७ जना सामान्य उपचारपछि घरफर्किसकेको उनको भनाइ छ।

मन्त्रालयमा स्थापना भएको कल सेन्टरमा उडानको अवस्था, फिर्तिको सम्भावना र श्रम स्वीकृतिसँग सम्बन्धीत गुनासा मात्रै आउने गरेको प्रवक्ता क्षेत्रीले बताए।

उनले अब उडान सुचारु हुन थालेकाले विभिन्न देशमा रहेका नेपालीका शवहरु नेपाल ल्याउने कार्य जारी रहेको जानकारी दिए। द्वन्द्वका कारण हालसम्म कुनै पनि नेपाली अप्ठ्यारोमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ चैत २०८२ १६:५४ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast