जेनजी सहिदका थप आठ परिवारका सदस्यलाई विद्युत् प्राधिकरणमा रोजगारी दिने

हिमाल प्रेस २६ चैत २०८२ ७:१५ | Thursday, April 9, 2026
6
SHARES
जेनजी सहिदका थप आठ परिवारका सदस्यलाई विद्युत् प्राधिकरणमा रोजगारी दिने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्थाअनुसार छुट भएका आठ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । आज थप भएका आठ सहिद परिवारमध्ये रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) छन् ।

 

प्रकाशित: २६ चैत २०८२ ७:१५ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast