नयाँ वर्षको अवसरमा सीजीले ल्यायो यस्तो उपहार योजना

हिमाल प्रेस २५ चैत २०८२ २०:०३ | Wednesday, April 8, 2026
2
SHARE
नयाँ वर्षको अवसरमा सीजीले ल्यायो यस्तो उपहार योजना

काठमाडौँ- इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘एक्सपेरिएन्स लाइफ वीथ सीजी : भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ शीर्षकमा विशेष उपहार योजना सार्वजनिक गरेको छ।

दैनिक जीवनलाई सहज, स्मार्ट र आरामदायी बनाउने लक्ष्यसहित कम्पनीले आफ्ना घरासयी उपकरणहरूमा आकर्षक अफर र उपहार योजनासहित अभियान सञ्चालनमा ल्याएको हो।

यस योजनाअन्तर्गत ग्राहकहरूले सीजीका साना घरेलु उपकरणहरू खरिद गर्दा प्रत्येक १५ दिनमा पाँचवटा सामग्री जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। सहभागी हुन ग्राहकहरूले खरिदपछि उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्ने व्यवस्था गरिएको छ।

अभियानको मुख्य आकर्षणका रूपमा बम्पर उपहार समावेश गरिएको छ जसअन्तर्गत विजेताले मेघौली सराहीमा लक्जरी बसाइ तथा हिरो स्पलेन्डर मोटरसाइकल जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ग्राहकहरूले देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, कम्पनीको आधिकारिक वेबसाइट तथा आधिकारिक विक्रेतामार्फत सीजीका उत्पादन खरिद गरी योजनामा सहभागी हुन सक्नेछन्।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय सिजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

यो योजना चैत २२ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको कम्पनीले जनाएको छ।

प्रकाशित: २५ चैत २०८२ २०:०३ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast