मुस्ताङमा हिमपात, बढ्यो चिसो

हिमाल प्रेस २५ चैत २०८२ १८:२१ | Wednesday, April 8, 2026
14
SHARES
मुस्ताङमा हिमपात, बढ्यो चिसो

मुस्ताङ- मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ। आज (बुधबार) दिउँसो ११ बजेदेखि बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात भएको हो।

यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो। गत कात्तिक १० गते पहिलो हिमपात भएकामा जारी सिजनको चैत महिना सकिन लाग्दा मुस्ताङमा पटकपटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन।

गर्मीयाम सुरु भइसक्दासमेत हिमपात हुने क्रम नरोकिँदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकको यात्रा कष्टकर बनेको छ। गर्मीयाम लाग्ने बेलामा समेत हिमपात हुँदा तीर्थयात्रीको आवागमनमा कठिनाइ भइरहेको बारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो। हिमपात भए पनि जमिन तातिएकाले पग्लिएर सडक हिलाम्मे भएको छ।

उपल्लो मुस्ताङमा हिमपातका कारण चिसो बढेपछि स्थानीयवासीको दैनिकीमा असर परेको छ। हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशुचौपायालाई आहारा व्यवस्थापन तथा चरनक्षेत्रमा लैजान समस्या भएको छ।

प्रकाशित: २५ चैत २०८२ १८:२१ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast